५ चैत्र २०८२, बिहिबार | March 19, 2026

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमालेले आज प्रारम्भ भएको बैठक असोज ३१ गतेसम्म निरन्तर सञ्चालन हुने जनाएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, बैठकले पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान टुंग्याउने मुख्य एजेन्डा तय गरेको छ । पार्टीले आगामी मंसिरको तेस्रो साता महाधिवेशन गर्ने तयारी गरेको छ । यसअघि आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने प्रारम्भिक निर्णय गरेको थियो ।

जेनजी आन्दोलनपछि एमालेभित्र पार्टी पुनर्गठनको विषय तीव्र रूपमा उठ्दै आएको छ । यसै सन्दर्भमा शुक्रबार बसेको सचिवालय बैठकमा पनि नेताहरूबीच पुनर्गठन र नेतृत्व हस्तान्तरणबारे बहस चलेको थियो ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै राजीनामा दिन सुझाव दिएका थिए । सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट पनि ओलीको राजीनामाको पक्षमा देखिएका थिए ।

तर, अध्यक्ष ओली भने तत्काल पद त्याग्ने पक्षमा छैनन् । उनका नजिकका नेताहरूका अनुसार, ओली कार्यवाहक अध्यक्ष तोक्ने भन्दा पनि छिट्टै महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने पक्षमा रहेका छन् ।

आज सुरु भएको केन्द्रीय कमिटी बैठकमा यी सबै राजनीतिक विवाद, पार्टी पुनर्गठन र आगामी महाधिवेशनको तयारीबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ३३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन