४ चैत्र २०८२, बुधबार | March 19, 2026

कमिटीको जुनसुकै आदेश मान्न तयार छु, फेसबुकको मान्दिन : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमिटीगत जुनसुकै आदेश मान्न आफु तयार रहेको बताएका छन् । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई कतिपय पार्टीकै नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्ने गरेको बताए ।

आफुले नेतृत्व नछाड्ने दृढता ब्यक्त गर्दै उनले आफु हट्नु पर्छ की पर्दैन भन्ने फेसबुकले भन्ने कुरा नभएको स्पष्ट पारे । उनले भने, ‘यो कमिटीले भन्नुपर्छ । यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन । यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु ।’

उनले फेसबुकबाट हट्न भन्दैमा आफु नहट्ने बताए । केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भनेका छन् तर म त्यस्ता कुरा सुन्ने पक्षमा छैन, उनले भने, ‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु ।’

आफ्नै पार्टीका नेताहरुलाई लक्षित गर्दै उनले बाहिर गएर, अखबारबाजी गरेर, लोकप्रियतावादका पछि कुदेर नेतृत्व छाड्न गरिएको आग्रह आफूलाई स्वीकार्य नहुने ओलीको भनाइ छ । आफू आफैँ हिँडन् सक्ने अवस्थामा रहेको स्पष्ट पार्दै ओलीले पार्टीकै कतिपय नेताहरूले तपाईंलाई त बोकेर जानै सकिँदैन भनेको आफु सुनेको पनि बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ५३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन