काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न ३ मिनेटको समय दिइएको छ । सदस्यहरुलाई बोल्न ३ मिनेट समय छुट्याइएका कारण अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ३ मनिेटको समयमा धारणा राखिसक्नु पर्ने भएको हो ।
विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन नगरि पिसधै बोल्न दिने ब्यवस्था गरिएको छ । हरेक केन्द्रीय सदस्यहरूले तीन मिनेटभित्र आफ्नो धारणा राख्न पाउने ब्यवस्था मिलाईने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । पर्सि सदस्यहरूका जिज्ञासा र सुझावमा अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास गर्ने तथा विभिन्न समसमायिक निर्णयहरू गर्दै बैठक सम्मपन्न हुने जनाइएको छ ।
अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।


















प्रतिक्रिया