१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकपमा प्रवेश गर्न सफल भएको छ । ओमानमा जारी इस्ट एसिया-प्यासिफिक क्वालिफायरमार्फत नेपालले २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको टिकट सुनिश्चित गरेको हो ।

नेपालसँगै प्रतियोगिताको आयोजक टोली ओमानले पनि विश्वकप यात्रा तय गरेको छ । दुवै टोलीले सुपर-६ चरणसम्म अपराजित रहँदै ६-६ अंक जोडेका छन् । यद्यपि, नेट रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

बुधबार भएको खेलमा युएईले समाओलाई पराजित गरेसँगै नेपाल र ओमानले बाँकी दुई खेल खेल्नुअघि नै विश्वकपको स्थान पक्का गरेका हुन् । अब दुवै टिमबीचको अन्तिम भिडन्त ट्रफीका लागि निर्णायक बन्नेछ ।

नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्धको खेललाई ‘डु एण्ड डाइ’ भनिएको बताउँदै ट्रफी जित्ने लक्ष्यका लागि टोली उत्साहित रहेको बताए । “हामी विश्वकप स्थान सुनिश्चित गर्न सफल भएका छौं, अब हाम्रो ध्यान ट्रफीमा छ,” कप्तान पौडेलले भने, “सबै खेलाडीमा जितको भोक अझै पनि कायम छ।”

नेपालले यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिका तथा वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा सहभागिता जनाइसकेको थियो । यसपटकको सहभागितासँगै नेपाल तेस्रो पटक विश्वकपको मञ्चमा उत्रिने भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले