२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकपमा प्रवेश गर्न सफल भएको छ । ओमानमा जारी इस्ट एसिया-प्यासिफिक क्वालिफायरमार्फत नेपालले २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको टिकट सुनिश्चित गरेको हो ।

नेपालसँगै प्रतियोगिताको आयोजक टोली ओमानले पनि विश्वकप यात्रा तय गरेको छ । दुवै टोलीले सुपर-६ चरणसम्म अपराजित रहँदै ६-६ अंक जोडेका छन् । यद्यपि, नेट रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

बुधबार भएको खेलमा युएईले समाओलाई पराजित गरेसँगै नेपाल र ओमानले बाँकी दुई खेल खेल्नुअघि नै विश्वकपको स्थान पक्का गरेका हुन् । अब दुवै टिमबीचको अन्तिम भिडन्त ट्रफीका लागि निर्णायक बन्नेछ ।

नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्धको खेललाई ‘डु एण्ड डाइ’ भनिएको बताउँदै ट्रफी जित्ने लक्ष्यका लागि टोली उत्साहित रहेको बताए । “हामी विश्वकप स्थान सुनिश्चित गर्न सफल भएका छौं, अब हाम्रो ध्यान ट्रफीमा छ,” कप्तान पौडेलले भने, “सबै खेलाडीमा जितको भोक अझै पनि कायम छ।”

नेपालले यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिका तथा वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा सहभागिता जनाइसकेको थियो । यसपटकको सहभागितासँगै नेपाल तेस्रो पटक विश्वकपको मञ्चमा उत्रिने भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार