१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई, विश्वकपमा सफलताको शुभकामना



काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया-इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बधाई व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत संयोजक प्रचण्डले लगातार दोस्रो पटक टी–२० विश्वकपका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) लगायत सम्पूर्ण खेल परिवारप्रति हार्दिक बधाई व्यक्त गरेका हुन् ।

उनले देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि भएको उल्लेख गरेका छन् ।

‘नेपालमा क्रिकेट खेलको विकास, स्टेडियम निर्माण लगायत भौतिक पूर्वाधारहरूको विकास, खेलाडीहरूलाई प्रोत्साहन लगायतका क्षेत्रमा मैले सरकारको नेतृत्वमा रहँदा आरम्भ गरिएका पहलकदमीहरूलाई अझ सशक्त र सघन रूपमा अगाडि बढाउन पनि अनुरोध गर्दछु।’ उनले भनेका छन् ।

सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रचण्डले आगामी विश्वकपमा सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ३२ बजे

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको