२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई, विश्वकपमा सफलताको शुभकामना



काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया-इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बधाई व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत संयोजक प्रचण्डले लगातार दोस्रो पटक टी–२० विश्वकपका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) लगायत सम्पूर्ण खेल परिवारप्रति हार्दिक बधाई व्यक्त गरेका हुन् ।

उनले देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि भएको उल्लेख गरेका छन् ।

‘नेपालमा क्रिकेट खेलको विकास, स्टेडियम निर्माण लगायत भौतिक पूर्वाधारहरूको विकास, खेलाडीहरूलाई प्रोत्साहन लगायतका क्षेत्रमा मैले सरकारको नेतृत्वमा रहँदा आरम्भ गरिएका पहलकदमीहरूलाई अझ सशक्त र सघन रूपमा अगाडि बढाउन पनि अनुरोध गर्दछु।’ उनले भनेका छन् ।

सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रचण्डले आगामी विश्वकपमा सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ३२ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै