१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमाले केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा र सुझाव राख्ने क्रम जारी छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। आज करिब १०० सदस्यले बोल्ने अनुमान गरिएको छ ।

बैठकमा प्रत्येक सदस्यलाई बोल्न तीन मिनेट समय दिइएको छ । तीन मिनेट नपुग्दै धारणा टुंग्याउन नसके स्वतः माइक काटिने व्यवस्था गरिएको छ। साथै, सदस्यहरूको पालो वर्णानुक्रम अनुसार तोकिएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्नो विचार प्रस्तुत गर्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा उठेका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने तयारी रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : २५ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज