२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

एमाले केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा र सुझाव राख्ने क्रम जारी छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। आज करिब १०० सदस्यले बोल्ने अनुमान गरिएको छ ।

बैठकमा प्रत्येक सदस्यलाई बोल्न तीन मिनेट समय दिइएको छ । तीन मिनेट नपुग्दै धारणा टुंग्याउन नसके स्वतः माइक काटिने व्यवस्था गरिएको छ। साथै, सदस्यहरूको पालो वर्णानुक्रम अनुसार तोकिएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्नो विचार प्रस्तुत गर्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा उठेका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने तयारी रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : २५ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३