२० मंसिर २०८२, शनिबार | December 6, 2025

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक बस्नेछ ।

२८ गते मंगलबार सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका थिए । त्यसपछि बैठक स्थगित गरिएको थियो ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा सुरु भएको बैठकबाट कांग्रेसले पार्टीको नियमित महाधिवेशन या विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन, फागुन २१ गते तोकिएको निर्वाचनमा जाने या संसद पुनस्र्थापना गर्ने लगायतका विषयमा छलफल गर्नेछन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समुहले विशेष महाधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गराइसकेको छ । सो प्रस्तावमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ९ : २६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति