६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण



नेपालगन्ज । बाँकेमा क्रियाशील अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चार सम्बद्ध संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मवज जोशीले पदिय मर्यादा विपरितका कार्य, अभिब्यक्ति र अस्वाभाविक व्यवहार देखाएको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । बाँके स्थित नागरिक समाज सम्बद्ध विभिन्न नागरिक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको भेलाले गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जोशीमाथि आवश्यक कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र पठाएका हुन् ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीबाट पटक पटक सञ्चारजगत, कानुन ब्यवसायी, नागरिक समाज र अधिकारकर्मीहरु विरुद्ध अपमानजनक ब्यवहार भएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारी जोशीलाई सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न जाँदा दुर्व्यवहार गर्ने, नागरिक समाज सम्बद्धहरुको मानमर्दन गर्ने सेवाग्राही प्रति जिम्मेवार नहुने प्रवृत्ति देखिएको आरोप लगाइएको छ ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी जोशीले श्रृखलावद्ध रुपमा पदिय मर्यादा विपरित अभिव्यक्ति दिने, नागरिक मैत्री व्यवहार नगर्ने, सुशासनका आधारभुत मुल्य मान्यता विपरिक अस्वाभाविक व्यवहार गर्ने कार्य गरेकाले आवश्यक कारबाहीको माग समेत गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १० : ४० बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज