४ चैत्र २०८२, बुधबार | March 19, 2026

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो

स्थायी कमिटी सदस्य र पदाधिकारीलाई पनि तीन मिनेटकै समय



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि बैठक जारी छ ।

ललितपुर, जावलाखेलस्थित भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हालसम्म केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले पार्टी आ–आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सुरु भएको जानकारी दिए । उनका अनुसार स्थायी कमिटी सदस्यले धारणा राखेपछि पदाधिकारीे र त्यसपछि अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझावबारे एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यतालिका रहेको छ ।

स्थायी कमिटी सदस्य र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइने उनले बताए । स्थायी कमिटीमा पार्टी पदाधिकारीबाहेक २३ जना सदस्य छन् । यही असोज २९ गतेदेखि जारी रहेको बैठक आज सकिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ४४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन