काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुबाट एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । आइतबार (कात्तिक २) सुनको मूल्यमा आएको यस गिरावटको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्य पनि हालसम्मकै उच्च मानिएको थियो ।



















प्रतिक्रिया