२४ असार २०८३, बुधबार | July 8, 2026

केपी ओली कानुन भन्दा माथि छैनन : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको टिप्पणी गरेका छन् ।

सोमबार कञ्चनपुरका विपिन जोशीलाई श्रद्धाञ्जली दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

ओलीले आफूलाई समाएर देखाउन गरेको चुनौतीबारे प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले भने, “त्यो त उहाँले कानुन नमान्ने कुरा हो । अब कोही पनि कानुनमाथि बस्ने अवस्था छैन । पहिलेजस्तो प्रचलन अब हुँदैन ।”

अर्यालले ओलीलाई विदेश जान नदिने निर्णय सरकारले गरेको नभै न्यायिक जाँचबुझ आयोगले गरेको जिकिर गरे ।

राजनीतिक दलहरूसँग हतियार भएको सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, “केही दलहरू हतियारमा विश्वास गर्न सक्ने छन् भन्ने संकेत मात्रै हो । तर सबै दलहरूले अब निर्वाचनको वातावरण बनाउनतिर ध्यान दिनुपर्छ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ५ : ४१ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै