१९ माघ २०८२, सोमबार | February 2, 2026

नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’



नवलपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भन्दा पनि राष्ट्रिय परिचयपत्र बनाउने आउने जिल्लावासीको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए ।

उनकाअनुसार जिल्लाबाट गत साउन १ देखि असोज मसान्तसम्म नौ हजार ३१५ जनाको राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रको बनाउने आउनेमा पाँच हजार ४०८ जना महिला तथा तीन हजार ९०७ जना पुरुष रहेका उनको भनाइ छ । जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तीव्ररुपमा भइरहेको उनको भनाइ छ ।

बैङ्क खाता खोल्नदेखि सरकारी कामका लागि समेत सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गराएपछि जिल्लावासी राष्ट्रिय परिचयपत्र बनाउन आउन लागेका उनले बताए। जिल्ला प्रशासन कार्यालय कावासोतीबाट जिल्लावासीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिँदै आएको छ ।

त्यस्तै, यही अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा धेरैले राहदानी ९पासपोर्ट० बनाएका छन् । गत साउनदेखि असोज मसान्तसम्म जिल्लामा एक हजार ८७१ जनाले नयाँ नागरिकता बनाउँदा तीन हजार ४१२ जनाले विद्युतीय राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारीसमेत रहेका शर्माकाअनुसार पछिल्लो तीन महिनामा ९५९महिलाले नयाँ नागरिकता बनाएका छन् ।

त्यस्तै ८८२ जना पुरुषले नयाँ नागरिकता लिएका शर्माले बताए। यही अवधिमा जिल्लामा एक हजार ९४९ जना पुरुष, एक हजार ३४५ महिला तथा १२१ नाबालकले विद्युतीय राहदानी लिएका शर्माले जानकारी दिए जिल्लावासीले वैदेशिक अध्ययन, रोजगारी तथा घुम्न जानका लागि राहदानी बनाउने गरेका उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाबाट राहदानीको फारम भर्ने र चाँडो आवश्यक पर्नेलाई काठमाडौँ पठाउने गरिएको बताए ।

गत असोज मसान्तसम्म जिल्लाबाट एक हजार ३३१ पुरुष तथा एक हजार २४८ महिला गरी दुई हजार ५७९ जनाले नागरिकताको प्रतिलिपि लिएका उनको भनाइ छ । त्यस्तै ५०० जना जिल्लावासीको नागरिकता स्क्यान गरी नागरिकताको अभिलेख डिजिटाइजेसन गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ०६ बजे

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण