९ चैत्र २०८२, सोमबार | March 23, 2026

विप्लव नेतृत्वको नेकपाद्वारा ७ दिने विरोध कार्यक्रम घोषणा, २० गते काठमाडौंमा जनसभा



काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसभा र प्रदर्शन सहितको कार्यक्रम तय गरेको छ । असोज २५ देखि ३० गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो ।

नेकपाले देशब्यापीरुपमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै कात्तिक २० गते काठमाडौंमा सभा गर्ने सम्मका जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । बैठकको निर्णयअनुसार कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्ने, छ । बैठकले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने, कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने र कात्तिक २० गते काठमाडौँमा बृहत् जनसभा गर्ने निर्णय गरेको छ ।

कार्यक्रमको मुख्य नाराहरुमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर लगायतका रहेका छन् ।

२० गते काठमाडौंमा हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने नेकपाका नेता सन्तोष बुढामगरले जानकारी दिए । काठमाडौँमा आयोजना हुने जनसभामा सहभागी हुन स्वाधीनता र समाजवादका पक्षधरहरूलाई महासचिव विप्लवले आह्वान समेत गरेका छन् ।

‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : ०७ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल