३० असार २०८३, मंगलबार | July 14, 2026

पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्काविरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं । सरकारले गरेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज (मंगलबार) अधिवक्ता प्रेमराज सिलवालले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्काविरुद्ध रिट दायर गरेका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसमा सरकारले उनीहरुको राहदानी रोक्का र स्थान हदको निर्णय गरेको थियो।

मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्। रिट निवेदनमा स्थान हद तोकेको निर्णय पनि खारेजीको माग गरिएको छ ।

रिट निवेदनमा सरकारको निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको उल्लेख गरिएको छ । रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ। यो रिट सर्वोच्च प्रशासनले अध्ययनकै क्रममा रहेको जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : १६ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट