७ माघ २०८२, बुधबार | January 22, 2026

राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचन माघ ११ गते



काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्वाचनको मिति तय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राष्ट्रियसभा सदस्यको रिक्त स्थान पूर्तिका लागि २०८२ साल माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरिएको छ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणलाई पनि स्वीकृति दिएको छ। राष्ट्रपति पौडेल कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने छन्।

त्यसैगरी, प्रवक्ता मन्त्री खरेलले संघीय संसद्का पदाधिकारीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए। उक्त संशोधनमार्फत स्वकीय सचिवको सुविधा हटाइएको उनले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ३२ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ