८ माघ २०८२, बिहिबार | January 22, 2026

विश्वकप लिग-२ : आज नेपाल र अमेरिकाबीच खेल हुँदै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच पुनः प्रतिस्पर्धा हुँदैछ । खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरू हुनेछ ।

यस सिरिजमा नेपालले सुरुवाती दुई खेलमा निराशाजनक हार बेहोरेको छ । पहिलो खेलमा नेपाल १०६ रनले अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ, अमेरिकाले भने नेपाल र युएई दुवैविरुद्ध विजयी सुरुवात गर्दै लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

आइसीसी एकदिवसीय वरियतामा नेपाल हाल १७ औँ स्थानमा छ भने अमेरिका १४ औँ स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र अमेरिका अहिलेसम्म १० पटक आमनेसामने भएका छन्, जसमा अमेरिकाले ५ खेल जितेको छ, नेपालले ४ खेलमा जित हासिल गरेको छ र एक खेल टाई भएको छ ।

विश्वकप लिग-२ को हालसम्मको अंकतालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने नेपालले १८ खेल खेल्दै ५ जित, २ बराबरी र ११ हारका साथ अंकतालिकामा पछाडि रहेको छ ।

यस सिरिजका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेलको नेतृत्वमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म आयोजना हुने यस त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र युएईबीच प्रतिस्पर्धा हुनेछ । यसअघि नेपालले अमेरिकासँग र युएईसँग हार बेहोरेको हुँदा आजको खेल नेपालका लागि पुनरागमन र आत्मविश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ०२ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको