५ माघ २०८२, सोमबार | January 20, 2026

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित



खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताए । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उनले भने, “प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।”

कृषकले लगाएको धानबाली पाकेर पहेँलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए । “यस वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको छ”, उनले भने, “क्षतिको विवरण जुटाउने काम भइरहेको छ । अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौँ हजार ९८८ दशमलव ०३ हेक्टर जमिनमा धानखेती गर्ने गरिएको छ । विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको थियो । तर, पाकेर थन्क्याउन लागिएको अवस्थामा लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको कृषकहरूले बताएका छन् ।

जिल्लाका अधिकांश कृषकले पाकेर पहेँलपुर भएको धानबाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए । वर्षभरि उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको कृषकहरूले जनाएका छन् ।

लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरे पनि गहुँ, फलफूल, सागसब्जीलगायतका हिउँदेबालीलाई केही राहत मिलेको कृषकहरूले बताएका छन् । यद्यपि, धानबाली जिल्लाको प्रमुख बाली भएकाले अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति हुँदा यस वर्ष जिल्लामा भोकमरी हुने निश्चित भएको बताइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ०६ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच