५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन् । संघीय संरचनामा सहकार्य र संवादलाई थप प्रभावकारी बनाउन उद्देश्यसहित प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् ।

बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका जितेन्द्र सोनल, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन् ।

बैठकमा संघीय सरकार र प्रदेश सरकारबीचको सहकार्य, नीति कार्यान्वयनको प्रभावकारिता र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

 

 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता