४ चैत्र २०८२, बुधबार | March 18, 2026

४० वर्ष मुनिका कांग्रेसी युवाद्वारा पार्टी कार्यालयमा प्रदर्शन र तालाबन्दी



काठमाडौं । ४० वर्ष मुनिका युवाहरुको नेतृत्वमा रहेको नेपाली कांग्रेस सुधार अभियान नामक समूहले पार्टीको नियमित महाधिवेशनको माग गर्दै आइतबार पार्टी मुख्यालय सानेपामा प्रदर्शन गरेको छ ।

महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले पार्टी कार्यालय अगाडि नाराबाजी गर्दै मुख्य गेटमा ताला लगाएका छन् ।

प्रदर्शनका क्रममा अभियानका सदस्यहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै पार्टी कार्यालयको मूल गेटसम्म पुगेर तालाबन्दी गरेका हुन् ।

गेट बन्द गरिएपछि उनीहरूले बाहिरै बसेर नारा लगाउँदै विरोध जारी राखे । उनीहरूले “नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्”, “आम कांग्रेसजन र युवाको भावना नजरअन्दाज नगरियोस्” जस्ता नारा लगाएका थिए ।

महाधिवेशनको मितिका विषयमा पार्टीको संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा २८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि तोकिएको बैठक नबस्दै आजका लागि सारिएको थियो, तर आजको बैठक पनि स्थगित भई मंगलबारका लागि सारिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : २२ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी