६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

निकोलस भूसाललाई पक्राउ गरी कारबाही गर्न युवा संघ रुपन्देहीको माग



बुटवल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको छ ।

संघले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका भूसालका क्रियाकलापले समाजमा अस्थिरता ल्याउने प्रयास भइरहेको आरोप लगाएको छ ।

आइतबार बसेको संघको बैठकले भूसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।

उनका अनुसार, रुपन्देहीको सैनामैनामा बसोबास गर्दै आएका भूसालमाथि प्रहरी प्रशासनले चाँडो कदम नचाले युवा संघ स्वयंले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : २७ बजे

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही