१३ भदौ २०८३, शनिबार | August 29, 2026

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त



काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति को व्यवस्थापन टीमसँग प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्न आग्रह गरेका हुन्।

“मुलुकमा निष्ठापूर्वक निर्वाचन सम्पन्न हुने वातावरण सृजना गर्न र त्यसरूपमा निर्वाचन भएको सन्देश देश विदेशमा फैलाउन राससजस्ता समाचार समितिको अझ बढी भूमिका रहन्छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “अहिलेको निर्वाचन विशेष परिस्थितिको निर्वाचन भएकाले यस पक्षलाई मनन् गरेर निर्वाचन तयारी, सुरक्षा, मतदाता शिक्षालगायत विषयमा सही समाचार दिन उत्तिकै आवश्यक छ ।”

निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव माहादेव पन्थसहित सहभागी छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा आयोग र राससबीच सहकार्य बढाउने विषयमा छलफल भएको थियो । सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले लोकतन्त्रको प्राणका रूपमा रहेको निर्वाचनको वातावरण बनाउन राससले आफ्नो ठाउँबाट निरन्तर भूमिका निर्वाह गर्दै आएको बताए ।

छलफलमा आयोगका सहसचिवहरू नारायणप्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, राजेन्द्र केसी, राससका लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायत सहभागी थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ५१ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण