४ फाल्गुन २०८२, सोमबार | February 17, 2026

जेनजी आन्दोलनमा नागरिकता जलेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् प्रतिलिपि



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गरेकी छन् । जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका कारण सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिएकी हुन् ।

भण्डारी आफैं बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर नागरिकताको प्रतिलिपि बुझेकी हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन अज्ञात समूहले पूर्वराष्ट्रपति भण्डारीको निवासमा तोडफोड र आगजनी गरेको थियो, जसमा उनका व्यक्तिगत कागजातसहित नागरिकता प्रमाणपत्र पनि नष्ट भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : ५२ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर