काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गरेकी छन् । जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका कारण सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिएकी हुन् ।
भण्डारी आफैं बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर नागरिकताको प्रतिलिपि बुझेकी हुन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन अज्ञात समूहले पूर्वराष्ट्रपति भण्डारीको निवासमा तोडफोड र आगजनी गरेको थियो, जसमा उनका व्यक्तिगत कागजातसहित नागरिकता प्रमाणपत्र पनि नष्ट भएको थियो ।



















प्रतिक्रिया