१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँके आएका सिडीओले गरे आफुलाई आलोचना र खबरदारी गर्न आह्वान



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले आफ्नो कार्य सम्पादनको खबरदारी गर्न सञ्चारर्मीलाई आह्वान गरेका छन् । सोमबारदेखि कार्यभार सम्हालेका सिडीओ तामाङले मंगलबार पत्रकारहरुसंग ‘परिचयात्मक कार्यक्रम’ गरेर आफ्नो कार्यसम्पादनको खबरदारी गर्न आह्वान गरेका हुन् । उनले आफ्नो जिम्मेवारी र भूमिका निभाउन इमान्दार प्रयास गर्ने बताए ।

उनले सार्वजनिक पदमा बसेका अधिकारीलाई नागरिक, सरोकारवालाले खबरदारी गर्नुपर्ने जनाउँदै आफुले सञ्चारकर्मीहरुबाट खबरदारी र आलोचनाको अपेक्षा गरेको बताए । ‘खाली तपाईंहरुसंग मेरो निवेदन छ कि व्यक्तिगतरुपमा लान्छित गर्ने प्रवृत्तिका कतिपय कुराहरु एकचोटी मेरो तहमा मसंग जोडिएको विषयमा भेरिफाई गरिदिनुहोला ।’ उनले भने ।

उनले जेनजी आन्दोलनपछि भएको आगजनी र क्षतिका कारण रोकिएको राहदानी सेवा विहीबारदेखि सुचारु गर्ने तयारी गरिएको जानकारी दिए । तामाङले नागरिकता र राष्ट्रिय परिचयपत्रको काम आंशिक रुपमा भइरहे पनि पूर्णरुपमा सुचारु हुन नसकेको बताउँदै कार्यालय मर्मत-सम्भार/पुन:निर्माण गर्दै सेवालाई बिस्तारै लयमा लैजाने कोसिस भइरहेको उल्लेख गरे ।

उनले शान्ति सुव्यवस्था, अपराध नियन्त्रण लगायत अन्य कुराहरुको समन्वय र सहजीकरण गर्ने कार्यमा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाए । शान्ति सुव्यवस्था र अपराध नियन्त्रण का लागि मिडियाको साथ सहयोग लिएर अघि बढ्ने उनले उल्लेख गरे ।

उनले जिल्लाको संवेदनशिलतालाई पनि ख्याल गरेर मिडिया कर्म गरी सहयोग गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । जिल्लामा आपसी सद्भाव, सहिष्णुता कायम गर्ने कुरामा पनि उनले मिडियाको भूमिकाको अपेक्षा गरेको बताए ।

तामाङ कपिलवस्तुबाट बाँके सरुवा भएर आएका हुन् । पाँचथरका तामाङले प्रमुख जिल्ला अधिकारीको रुपमा बाँके आफ्नो छैटौं जिल्ला भएको बताए । कार्यक्रममा पत्रकारहरुले जिल्लाको विशिष्टता र संवेदनशिलता बुझेर काम गर्न सुझाव दिए । परिचयात्मक कार्यक्रममा उपस्थित पत्रकारहरुले सिडिओसंग छिटो-छरितो सूचना प्रवाहको वातावरण र मिडियामैत्री ब्यवहारको अपेक्षा राखेको बताएका थिए ।

यसअघिका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको कार्यकालमा मिडियामैत्री वातावरण नभएको भन्दै आलोचना हुँदै आएको थियो । उनलाई नागरिक समाजका कतिपय अगुवाहरुले नागरिक प्रति रुखो ब्वहार देखाएको भन्दै सार्वजनिक विज्ञप्ति नै निकाल्दै बाँकेबाट फिर्ता बोलाउन गृहमन्त्रीसम्म आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ५ : २३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’