२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

न्युयोर्कमा ऐतिहासिक परिवर्तन : ३४ वर्षीय जोहरान क्वामे ममदानी सहरका १११औँ मेयर निर्वाचित

पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर



काठमाडौं । ३४ वर्षीय राज्य विधायक जोहरान क्वामे ममदानी अमेरिकाको न्युयोर्क सहरका १११औँ मेयरका रूपमा निर्वाचित भएका छन्। उनको यो जितले न्युयोर्कको राजनीतिमा नयाँ अध्यायको सुरुवात गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

ममदानी, डेमोक्रेटिक समाजवादीका रूपमा परिचित, न्युयोर्क सिटीका पहिला मुस्लिम, पहिलो दक्षिण एसियाली र हालसम्मका सबैभन्दा युवा मेयर बनेका छन्। उनले प्रमुख प्रतिस्पर्धी पूर्व गभर्नर एन्ड्रयू एम। कुओमोलाई फराकिलो मतान्तरले पराजित गरे। रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा भने निकै पछाडि तेस्रो स्थानमा सीमित रहे।

यस वर्षको निर्वाचनमा २० लाखभन्दा बढी मतदाताको सहभागिता दर्ता भएको थियो – सन् १९६९ यताकै सबैभन्दा उच्च।

‘किफायती जीवन’ उनको मुख्य एजेन्डा

क्वीन्सका विधायक ममदानीले निर्वाचन अभियानमा किफायती जीवन, आवासको सहजता र सामाजिक न्यायलाई प्रमुख मुद्दा बनाएका थिए।

उनको घोषणापत्रमा धनीमाथि कर वृद्धि, बस निःशुल्क सेवा, भाडा स्थिर अपार्टमेन्टहरूको भाडा फ्रिज, र बाल हेरचाह निःशुल्क गर्नेजस्ता जनमुखी नीतिहरू प्रमुख थिए।

सामाजिक सञ्जालमा बलियो उपस्थिति र युवामुखी अभियानका कारण उनले आप्रवासी समुदाय र कामदार वर्गबीच ठूलो समर्थन पाएका थिए।

राजनीतिक विद्रोहीबाट सहरको नेतृत्वसम्म

उनी न्युयोर्कको परम्परागत राजनीतिक र व्यापारिक प्रतिष्ठानविरुद्धका “विद्रोही उम्मेदवार”का रूपमा उदाएका थिए। एपी न्युजका अनुसार, ममदानीको विजयले “न्युयोर्कमा जनमुखी राजनीति पुनः उचालिएको संकेत” दिएको छ। उनको जितलाई सीएनएनले “एक ऐतिहासिक र सांस्कृतिक माइलस्टोन” भनेको छ।

गम्भीर चुनौतीहरूको सुरुवात

जनवरी १ बाट पदभार ग्रहण गर्न लागेका ममदानीका लागि सहज यात्रा भने छैन। व्यापारिक घराना, केही यहूदी समुदायका नेताहरू र संघीय स्तरका राजनीतिक प्रभावशाली व्यक्तिहरू उनको नीतिप्रति सशंकित छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले त उनलाई “मेरो सानो कम्युनिस्ट मेयर” भनेर व्यंग्य गरेका थिए।

ट्रम्पले ममदानीले आफ्ना नीति “अमेरिका विरोधी” बनाए भने न्युयोर्क सहरलाई संघीय कोषबाट वञ्चित गर्ने चेतावनीसमेत दिएका छन्।

ऐतिहासिक पृष्ठभूमि

युगान्डामा भारतीय मूलका परिवारमा जन्मिएका ममदानी किशोरावस्थामै अमेरिका आएका थिए।
अर्थशास्त्र र राजनीतिक विज्ञानमा स्नातक उनी न्युयोर्क राज्य सभामा ब्कतयचष्ब निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

अब उनी १९औँ शताब्दीदेखि पछिका सबैभन्दा युवा मेयरका रूपमा इतिहासमा नाम लेखाउँदैछन्।

विश्लेषकहरूका अनुसार, ममदानीको यो जित केवल एक राजनीतिक परिणाम होइन, यो न्युयोर्कवासीहरूको असमानता, आवास संकट र सामाजिक असन्तोषविरुद्धको सामूहिक जनमत पनि हो। अब चुनौती भनेको – उनका आदर्शवादी वाचा व्यवहारमा उतार्न सक्ने कि नसक्ने – हुनेछ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ०७ बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको