१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?



काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा आपत्ति जनाएका छन् । उनले डा. निकोलस भुसाल र नेकपा एमालेका नेता महेश बस्नेतबीच एउटै खालको अभिव्यक्ति हुँदाहुँदै पनि सरकारले फरक व्यवहार किन गर्‍यो भन्ने प्रश्न उठाएका छन् ।

गुरुङले सामाजिक सञ्जालमार्फत् जेनजी अभियन्ता भावना राउतले राखेको धारणालाई समर्थन गर्दै लेखेका छन्, “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्र पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा–गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ, आन्दोलन हार्दैछ।”

गुरुङको यस्तो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनको भनाइलाई सरकारको दोहोरो मापदण्डमाथिको सही प्रश्न भनेका छन् भने केहीले यसलाई आन्दोलनभित्रैको असन्तोषको संकेतका रूपमा व्याख्या गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  १० : ४४ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको