१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पूर्व उपप्रधानमन्त्री पौडेलद्वारा आगजनी गरिएको राष्ट्रिय जनमोर्चा पार्टी कार्यालय बुटवलको अवलोकन



बुटवल । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहितको एक टोलीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) बुटवल कार्यालयमा गरिएको आगजनी तथा तोडफाडको बिहीबार जानकारी दिदै अवलोकन गरेको छ ।

गृह जिल्ला आएको समयमा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा सरकारी, गैरसरकारी, निजी तथा राजनीतिक दलहरुको कार्यालयहरुमा गरिएको आगजनी तथा तोडफोडको अवस्थाका बारेमा जानकारी लिने क्रममा पौडेलसँगै रुपन्देही क्षेत्र नं. ५ का निर्वतमान सांसद तथा एमालेका नेता बासुदेव घिमिरे, राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराई, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपसचिव बाबुराम पन्थी, बुटवल उपमहानगरपालिकाकि पूर्व उपमेयर गोमा आचार्य, प्रदेश सल्लाहाकार तुल्सीराम बञ्जाडे, जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डे, जिल्ला सचिवालय सदस्य कृष्ण पोखरेल, बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल, एमालेका युवा नेताहरु मेघराज भट्टराई, यम प्रसाद पाण्डे, गणेश वोहोरा, सुरज भट्टराई लगायतको टोली राजमो कार्यालय पुगेको थियो ।

टोलीले आगलागीबाट भएको क्षति, भवनको अवस्था र त्यसको पुनर्निर्माणका सम्भावनाबारे स्थलगत जानकारी लिएको बताइएको छ ।

अवलोकनका क्रममा पूर्व उपप्रधानमन्त्री पौडेलले राजनीतिक असहिष्णुता र हिंसात्मक गतिविधिहरूले लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता घटनाको तीव्र निन्दा गरे । उनले राजनीतिक मतभेदलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस अवसरमा राजमो नगर अध्यक्ष पदम प्रसाद श्रेष्ठ र कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले आगजनीबाट भएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

जिल्लामा रहेका पौडेलले बुधवार नेपाली कांग्रेस बुटवल नगरको मैनाबरमा रहेको कार्यालयको पनि अवलोकन गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ४ : ४० बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको