१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल प्रहरीको ३३औं आईजिपीमा दानबहादुर कार्की नियुक्त



काठमाडौं । नेपाल प्रहरीले ३३औं प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले ३३औं प्रहरी महानिरीक्षकमा कार्कीलाई पाएको हो ।

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रुपमा कार्यरत छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अनिवार्य अवकाशमा जाने निश्चित भएपछि सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो।

नेपाल प्रहरी संगठनमा कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

उनी ०६६ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हुँदा काठमाडौँ प्रहरी परिसर प्रमुख थिए। त्यसबाहेक उनी प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत रहे।

कार्की ०८१ साल जेठमा डीआईजीमा बढुवा भएका थिए। डीआईजी भएपछि पनि महानिरीक्षकको सचिवालयमै कार्यरत कार्कीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

०८२ वैशाखमा उनी पहिलो नम्बरमै एआईजीमा बढुवा हुँदा राजन अधिकारी र मनोजकुमार केसी पनि एआईजी भएका थिए। अधिकारी र केसी पनि कार्कीकै ब्याची हुन्।

एआईजीमा बढुवा भएपछि प्रहरीको मानव स्रोत विभागमा पदस्थापन भएका कार्कीलाई जेनजी आन्दोलनको क्रममा भदौ २३ गते ठूलो मानवीय क्षति भएपछि २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो।

उपत्यकाको जिम्मेवारी सम्हालेका कार्कीले आन्दोलनकारीमाथि मानवीय क्षति हुने गरी बल प्रयोग नगर्न ब‍रु हातहतियार, सवारी साधनको साथै कार्यालयका महत्त्वपूर्ण सामान र आफ्नो सुरक्षामा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ११ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा