१५ माघ २०८२, बिहिबार | January 30, 2026

पोखरामा चरा ठोक्किएपछि रोकिएको बुद्ध एयरको विमान प्राविधिक परीक्षणपछि सुरक्षित रूपमा काठमाडौं फिर्ता



पोखरा । पोखरामा चरा ठोक्किएपछि ग्राउन्डेड गरिएको बुद्ध एयरको विमान प्राविधिक परीक्षण सम्पन्न गरेपछि सुरक्षित रूपमा काठमाडौं फिर्ता भएको छ । शुक्रबार (कात्तिक २९) बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न तयार फ्लाइट नम्बर ६०४ को विमान टेक–अफको क्रममा चिलसँग ठोक्किएको थियो ।

विमान उड्न लागेका बखत अगाडि भागमा चिल ठोक्किएपछि सुरक्षाका कारण उड्डयन प्रक्रिया स्थगित गरी विमान फर्काएर पार्किङ क्षेत्रमा लगिएको थियो । घटनापछि बुद्ध एयरका प्राविधिक टोलीले विस्तृत परीक्षण र आवश्यक जाँच गरेपछि विमान उडान गर्न सुरक्षित भएको पुष्टि गरेको हो ।

विमान अहिले सुरक्षित रूपमा काठमाडौं पुगेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार, यात्रुको सुरक्षा उच्च प्राथमिकतामा राख्दै विमानको पूर्ण निरीक्षणपछि मात्र उडान गराइएको हो ।

नेपालमा चरा ठोक्किने (बर्ड हिट) घटना उड्डयन सुरक्षाका लागि एक चुनौती मानिँदै आएको छ । यस्ता घटनाबाट कुनै ठूलो क्षति नभए पनि यसको रोकथामका लागि विमानस्थल परिसरमा वातावरणीय व्यवस्थापन र दक्ष पाइलटको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ३ : २२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला