१५ माघ २०८२, बिहिबार | January 29, 2026

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ



नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज स्थित उच्च अदालत तुलसीपुर इजलास, नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालतमा तोडफोड, आगजनी र लुटपाट कार्यमा संलग्न ६ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा नेपालगन्ज-४ का रविकुमार वैश्य र एसनराज सिद्दिकी, नेपालगन्ज-९ का गंगासागर बर्मा र ओमराज सोनी, नेपालगन्ज-५ का मो. ताहिर हल्वाई र नेपालगन्ज-१० का बब्लु गोडिया रहेका छन् ।

उनीहरुविरुद्व अपराधिक उपद्रव सम्बन्धी कसुरमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान थालिएको डीएसपी पातलीले बताए ।

भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा राजधानी काठमाडौंमा राज्यपक्षको गोली प्रहारबाट युवा विद्यार्थीको ज्यान गएपछि आन्दोलन हिँसात्मक बनेको थियो । २४ गते भड्केको आन्दोलनमा संलग्न केही समुहले सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पतिमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ४० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण