४ चैत्र २०८२, बुधबार | March 18, 2026

पाशुपत क्षेत्रमा शतबीज छरियो



काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौं, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ । पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो छ । आज पाशुपत क्षेत्रमा आउनेले वासुकी र गुह्येश्वरीमा पनि विशेष पूजा गर्ने प्रचलन छ ।

पाशुपत क्षेत्रका साथै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३५ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी