काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले भट्टलाई सदस्य सचिवमा नियुक्त गरेको हो । यसअघि उनी २०७८ मा परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए ।
विगतमा चरम बेथितिको अड्डा रहेको परिषद्मा भट्टले समाज कल्याणमा नियुक्त भएदेखी राम्रा काम भएका छन् । उनले आइएनजिओ र एनजिओ मार्फत गत चार वर्षमा नेपाल सरकारको १५ औं योजना विकास नीति, दियो विकास लक्ष्य र अन्य क्षेत्रसँग प्राथमिकतासँग अनुरुप रहेको नीतिहरु अन्तर्गत २४८ अर्व भन्दा बढी रकम परिचातिल गरेका छन् । आइएनजिओ र एनजिओको अनुगमन तथा मुल्यांकन प्रकृयालाई व्यवस्थित गरेका छन् ।
यस्तै उनले परिषद् अन्तर्गत रहेको भृकुटीमण्डपको ठेक्का प्रकृयामा व्यापक परिवर्तन गरी आन्तरिक राजस्व स्रोत ५ करोडबाट बढाएर २० करोड पुर्याएका छन् । साथै खर्चलाई ५७ करोडमा सिमित गर्दै चार वर्षमा ८६ करोड पुर्याएका छन् ।


















प्रतिक्रिया