३ चैत्र २०८२, मंगलबार | March 17, 2026

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ



नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक सार्वजनिक सम्पत्ती तोडफेडको मुद्दा चलेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो घटनामा खुकुरी प्रहार गरी फरार भएका ती व्यक्तिलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समिर भनेर चिनिने सरोज विक्रम बिष्ट रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्ज १२ बाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका थिए । खुकुरी प्रहार गरी फरार भएका राप्तीसोनारी गाउँपालिका-२ का बिष्टमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका बिष्टविरुद्ध यसअघि ५ वटा ज्यान मार्ने उद्योग र एक सार्वजनिक सम्त्री तोडफोड सहित ६ वटा कसुरमा मुद्दा चलेको भेटिएको छ । ६ असार २०७६ मा इलाका प्रहरी कार्यालय कोहलपुरबाट ज्यान मार्ने उद्योगको कसुर, कोहलपुरबाटै २ माघ २०७६ मा सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलेको थियो ।

२ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय बाँकेबाट ज्यान मार्ने उद्योगको कसुर, ७ माघ २०७७ मा अर्को ज्यान मार्ने उद्योगको कसुर, २० चैत २८० मा ज्यान मार्ने उद्योगको कसुर र २८ असार २०८१ मा बाँकेबाटै ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : २६ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण