५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ



नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक सार्वजनिक सम्पत्ती तोडफेडको मुद्दा चलेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो घटनामा खुकुरी प्रहार गरी फरार भएका ती व्यक्तिलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समिर भनेर चिनिने सरोज विक्रम बिष्ट रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्ज १२ बाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका थिए । खुकुरी प्रहार गरी फरार भएका राप्तीसोनारी गाउँपालिका-२ का बिष्टमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका बिष्टविरुद्ध यसअघि ५ वटा ज्यान मार्ने उद्योग र एक सार्वजनिक सम्त्री तोडफोड सहित ६ वटा कसुरमा मुद्दा चलेको भेटिएको छ । ६ असार २०७६ मा इलाका प्रहरी कार्यालय कोहलपुरबाट ज्यान मार्ने उद्योगको कसुर, कोहलपुरबाटै २ माघ २०७६ मा सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलेको थियो ।

२ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय बाँकेबाट ज्यान मार्ने उद्योगको कसुर, ७ माघ २०७७ मा अर्को ज्यान मार्ने उद्योगको कसुर, २० चैत २८० मा ज्यान मार्ने उद्योगको कसुर र २८ असार २०८१ मा बाँकेबाटै ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : २६ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका