५ चैत्र २०८२, बिहिबार | March 19, 2026

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ । गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम बसेका भक्तजनहरुले बिहान कालीगण्डकी नदीमा स्नान गरेर शतबीज छर्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार, बिहानैदेखि भक्तजनहरुको आगमन बढ्दै गएको छ ।

बाला चतुर्दशी पर्वको अवसरमा गलेश्वरधाममा परम्परागत रुपमा शतबीज छर्ने मेला लाग्दै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मूल समिति र विभिन्न उपसमितिमार्फत सहज रुपमा भक्तजनलाई कालीगण्डकी नदीमा स्नान गरी शतबीज छर्ने र मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने प्रबन्ध मिलाइएको छ । भक्तजनहरुको शान्ति, सुरक्षा र सहजीकरणका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरु परिचालन गर्ने तयारी गरिएको छ । विश्वमा एकमात्रै शिला पाइने कालीगण्डकी नदीमा स्नान गर्न आएका तीर्थालुहरुको नदीमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा नदी किनारमा समेत सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

गलेश्वर शिवालयमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, झापा, भैरहवा, चितवनलगायत देशका विभिन्न ठाउँबाट गलेश्वरमा शतबीज छर्नका लागि भक्तजनहरु आएको कोषका अध्यक्ष रेग्मीले बताए ।

परापूर्वकालदेखि नै गलेश्वर शिवालयमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने परम्परा र संस्कृति रहेको र शतबिज छर्दा पितृहरुको उद्धार भई पुन्य लाभ हुने जनविश्वास रहेको पर्वतको पाङबाट शतबीज छर्न आएका कपिलमणि शर्मा बास्तोलाले बताए ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन भगवान् शिवजीलाई खुसी बनाउन जौ, धान, तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, उखु, सखरखण्ड, पिँडालुलगायतका सय जातिका अन्न तथा कन्दमूलहरु शतबीजका रूपमा छर्ने गरिन्छ । शतबीज छर्नाले भगवान् शिवजी खुसी खुसी र अर्को जुनीको लागि खेती हुने भएकाले यसको धार्मिक र शास्त्रीय महत्व रहेकोे गलेश्वर धाममा शतबीज छर्न आउनुभएका भक्तजन तीर्थलाल शर्माले बताए ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वाससमेत रहेको छ । गलेश्वरधाममा लाग्ने धार्मिक मेलाहरुमध्ये बाला चतुर्दशीमा शतबीज छर्ने मेलालाई महत्वका साथ लिने गरिन्छ । यस वर्ष बाला चतुर्दशी पर्वमा गलेश्वरमा करिब ३० हजार भक्तजन आउने अनुमान गरिएको छ । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको छ भने विश्वकै अलौकिक तीर्थस्थलको रुपमा समेत परिचित छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ३८ बजे

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ