२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना३४प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोकबहादुर थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका थारूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुर्घटनापछि ट्रकका चालक बाराको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय लक्ष्मीप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको नेपालले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : २२ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’