१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ : भीम रावल



कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन आफ्नो पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने बताएका छन् ।

यही मङ्सिर १२ गते धनगढीमा हुने उक्त पार्टीको सन्देश सभाबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले देशमा उत्पन्न विषम परिस्थितिबाट राष्ट्रलाई बाहिर ल्याउने आवश्यकता बोध गरी आफूहरू एक ठाउँमा आएको बताए ।

नेता रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्याउन पार्टीले सन्देश सभा गर्न लागेको र त्यसको सुरुआत सुदूरपश्चिमबाट हुन लागेको बताए । सन्देश सभाको व्यवस्थापनका लागि यहाँ रावलको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएको छ । उक्त समितिले आवश्यक तयारी गरिरहेको त्यस अवसरमा जानकारी दिइयो ।

प्रदेशस्तरी एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्र सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडामा समेत सभाको आयोजना गरिने जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले