१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नयाँ सभापतिको हस्ताक्षरसहित पार्टी चुनावमा जान्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशन बाहेक अर्को विकल्प नभएको स्पष्ट पारेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको उल्लेख गर्दै विधानअनुसार निर्धारित समयमा विशेष महाधिवेशन हुने जानकारी दिएका छन्।

थापाका अनुसार विशेष महाधिवेशनबाट नयाँ सभापति चुन्ने र त्यही सभापतिको हस्ताक्षरसहित पार्टी चुनावमा जाने तयारी हुनेछ।

उनले भनेका छन् ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?

मैले भने – होइन। साथीहरूले फेरी सोध्नुभयो कसरी ?
मैले भने – प्रष्ट छ, अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।

 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा