२० मंसिर २०८२, शनिबार | December 6, 2025

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु : मुख्यसचिव अर्याल



काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउँदै सुशासन, सेवाप्रवाह, विकास निर्माण र समग्र रूपान्तरणको ‘मियो’को रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पदवहाली गर्दै उनले आफ्नो कार्यकालमा देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै सर्वोपरि लक्ष्य हुने स्पष्ट पारे ।

“चुनौतीपूर्ण अवस्थामा मलाई प्राप्त हुन आएको मुख्यसचिव पदको जिम्मेवारीलाई म निःस्वार्थ र निस्प्रिह भावले पूर्ण जिम्मेवारी बोधका साथ राष्ट्र र जनताको सर्वोत्तम हित हुनेगरी सम्हाल्न प्रतिबद्ध रहनेछु”, मुख्यसचि अर्यालले भने । उनले आफू सम्पूर्ण शक्ति, सामथ्र्य, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक–मैत्री बनाउँदै समग्र प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुने विश्वास दिलाए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : २१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय