काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह तथा नेकपा (माओवादी) विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ ।
कार्यक्रममा सहभागी विभिन्न वाम तथा वैकल्पिक धारका राजनीतिक समूहहरूले साझा राजनीतिक दिशानिर्देशन, संगठनात्मक संरचना र आगामी राजनीतिक भूमिकासम्बन्धी घोषणा गर्ने अपेक्षा गरिएको छ ।
एकता प्रक्रियाले वैकल्पिक बाम राजनीति सुदृढ हुने तथा बिखरिएका समूहहरू एक प्लेटफर्ममा आउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । घोषणा कार्यक्रममा शीर्ष नेताहरू, पार्टी प्रतिनिधि, पूर्वकर्मचारी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।
यसै क्रममा नेताहरूले समसामयिक राजनीतिक अवस्था, आर्थिक चुनौती तथा लोकतान्त्रिक प्रक्रियामा वाम भूमिका विषयक धारणा राख्ने कार्यक्रम रहेको आयोजक स्रोतले जनाएको छ ।
कार्यक्रम जारी छ ।


















प्रतिक्रिया