१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा आज धनगढीमा



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा एकता सन्देश सभा आयोजना गर्दैछ।

पार्टी गठनपछि प्रदेशस्तरमा सन्देश सभा गर्ने योजनाअनुसार पहिलो कार्यक्रम धनगढीबाट सुरु हुन लागेको हो।

सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

पार्टीले सातै प्रदेशमा क्रमिक रूपमा सन्देश सभा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेशको देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते र कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते सभा आयोजना हुनेछ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते सन्देश सभा गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : ५७ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र