२२ भदौ २०८३, सोमबार | September 7, 2026

क्यानन माविद्वारा सेभेन ए साइड फूटबल प्रतियोगिता



बुटवल । बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फूटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्य सहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो ।

शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरि ’संगै हामी सक्छौ’ भन्ने नारा सहित प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो । प्रतियोगितामा २७ विद्यालयका ३० टिमबीच प्रतिष्पर्धा हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । उनले पहिलो संस्करणको सफलताबाट प्रेरित भएर यो वर्ष झनै सुदृढ र व्यवस्थित रुपमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले विद्यालयले फुटबल सहित चित्रकला, नृत्य तथा अन्य कुनै पनि अतिरिक्त क्रियाकलापको शुल्क नलिएको बताए । विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले क्यानन स्कुलले जिल्ला स्तरमै खेलकुदको विकास, खेलाडीको क्षमता अभिबृद्वि गर्दै खेलप्रति विद्यार्थीको आकर्षण बढाउन प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा २६ संस्थागत र ४ सामुदायिक विद्यालयको सहभागिता रहने छ । १९ गतेसम्म चल्ने प्रतियोगिता सिद्देश्वरी माविको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार, उत्कृष्ट गोलरक्षक र गोल स्कोरलाई ३ हजार, हरेक खेलको म्यान अफ दिन म्याचले ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन बस्यालले जानकारी दिए ।

गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूल र नविन कदरबहादुर रीता मावि रहेका थिए । प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयका प्राचार्य भण्डारीको भनाइ छ । विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको छ ।

केही दिनमा लगतै कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चाइनिज भाषा पनि सिकाउने गरी कक्षा सञ्चालनको तयारीमा रहेको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य भण्डारी, सहप्राचार्य न्यौपाने सहित नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीले प्रतियोिगहरूको टाईसिट सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ११ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा