३० असार २०८३, मंगलबार | July 14, 2026

गण्डकीमा नेकपाको एकता सन्देश सभा आइतबार हुँदै



पोखरा । नेपाली कम्युनिस्ट पार्टीले आइतबार पोखराको चिप्लेढुंगामा एकता सन्देश सभा आयोजना गर्ने भएको छ।

शुक्रबार सुदूरपश्चिममा एकता सन्देश सभा सम्पन्न गरेपछि नेकपाले अब गण्डकी प्रदेशतर्फ पनि अभियान विस्तार गरेको हो। त्यसअघि भोलि दाङमा एकता सन्देशसभा हुनेछ ।

सभाका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। आयोजकका अनुसार उक्त सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

पत्रकार भेटघाटमा नेकपाका वरिष्ठ नेता दीनानाथ शर्माले देशभर छरिएका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरी समाजवादको लक्ष्यतर्फ अघि बढ्ने उद्देश्यले पार्टी एकीकृत गरिएको बताए। उनले यो एकता नेपाली कम्युनिस्ट आन्दोलनकै महत्वपूर्ण उपलब्धि भएको दाबी गरे।

सोही क्रममा नेता श्रीनाथ बरालले एकतापछि भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन र युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने पार्टीको लक्ष्य पुनःस्थापित भएको उल्लेख गरे। अर्का नेता विश्वनाथ शर्माले कम्युनिस्ट आन्दोलनलाई अझ संगठित बनाउँदै नेपाली विशेषतामाथि आधारित समाजवादतर्फ अघि बढ्ने तयारी रहेको बताए।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ४४ बजे

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न