१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गण्डकीमा नेकपाको एकता सन्देश सभा आइतबार हुँदै



पोखरा । नेपाली कम्युनिस्ट पार्टीले आइतबार पोखराको चिप्लेढुंगामा एकता सन्देश सभा आयोजना गर्ने भएको छ।

शुक्रबार सुदूरपश्चिममा एकता सन्देश सभा सम्पन्न गरेपछि नेकपाले अब गण्डकी प्रदेशतर्फ पनि अभियान विस्तार गरेको हो। त्यसअघि भोलि दाङमा एकता सन्देशसभा हुनेछ ।

सभाका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। आयोजकका अनुसार उक्त सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

पत्रकार भेटघाटमा नेकपाका वरिष्ठ नेता दीनानाथ शर्माले देशभर छरिएका कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरी समाजवादको लक्ष्यतर्फ अघि बढ्ने उद्देश्यले पार्टी एकीकृत गरिएको बताए। उनले यो एकता नेपाली कम्युनिस्ट आन्दोलनकै महत्वपूर्ण उपलब्धि भएको दाबी गरे।

सोही क्रममा नेता श्रीनाथ बरालले एकतापछि भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन र युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने पार्टीको लक्ष्य पुनःस्थापित भएको उल्लेख गरे। अर्का नेता विश्वनाथ शर्माले कम्युनिस्ट आन्दोलनलाई अझ संगठित बनाउँदै नेपाली विशेषतामाथि आधारित समाजवादतर्फ अघि बढ्ने तयारी रहेको बताए।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा