८ माघ २०८२, बिहिबार | January 22, 2026

नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट



काठमाडौं । नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

मलेसियाका मोहम्मद अक्रामले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि नितिस कुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एकरएक विकेट लिए ।

कूल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू(१९ एसिया कपमा छनोट हुनेछन् ।

यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : १२ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको