१२ कार्तिक २०८३, बिहिबार | October 30, 2026

वान स्टप, वान स्टोर अभियानसहित बुटवलमा शुभ यात्राको सेवा प्रारम्भ



बुटवल । वैदेशिक रोजगारी, अध्ययन र भ्रमणमा जानेहरूका लागि आवश्यक सबै सामग्री एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित शुभ यात्रा शपले बुटवलमा आफ्नो तेस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । मिलनचोकस्थित बुटवल सिटी सेन्टरको भवनमा सेवा प्रारम्भ गर्दै शुभ यात्राले ‘वान स्टप, वान स्टोर’ अभियानमार्फत ग्राहकलाई सहज र एकीकृत सेवा दिने जनाएको छ ।

विभिन्न देशको वातावरण, मौसम र भूगोलअनुसार आवश्यक सामग्री छनोट गर्न सकिने सुविधासहितको नयाँ शाखाको उद्घाटन बुटवलका प्रख्यात उद्योगी तथा व्यवसायी महेन्द्र नारायण श्रेष्ठले शुक्रबार साँझ गरे ।

उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले बुटवलमा नयाँ अवधारणासहितको सपिङ सेन्टर सुरु हुनु सकारात्मक रहेको उल्लेख गरे । उनले विदेश जाने व्यक्तिहरूका लागि आवश्यक सबै सामग्री एउटै छानामुनि उपलब्ध गरिने भएकाले यसले सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

शुभ यात्राका सञ्चालक भुवन गिरीले पहिलो शाखा दुई वर्षअघि काठमाडौंको पुतलीसडकमा सञ्चालनमा आएको जानकारी दिए । सफलतापूर्वक सेवा सञ्चालन गरेपछि मोफसलमा विस्तार गर्दै बुटवलमा पनि सेवा सुरु गरिएको उनले बताए ।

शुभ यात्राका डाइरेक्टर रमेश पाण्डेले विदेश जाने सेवाग्राहीलाई लक्षित गुणस्तरीय सामग्री तथा आवश्यक परामर्शसहित सेवा प्रदान गरिने बताए । अर्का सञ्चालक दर्शन खनालले विद्यार्थी र यात्रुहरूलाई केवल कपडा बेच्ने उद्देश्य नभई ‘सारथी’को भूमिकामा रहँदै समग्र सहजीकरण गर्ने लक्ष्य रहेको बताउँदै सेवाको प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ११ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै