१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

वान स्टप, वान स्टोर अभियानसहित बुटवलमा शुभ यात्राको सेवा प्रारम्भ



बुटवल । वैदेशिक रोजगारी, अध्ययन र भ्रमणमा जानेहरूका लागि आवश्यक सबै सामग्री एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित शुभ यात्रा शपले बुटवलमा आफ्नो तेस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । मिलनचोकस्थित बुटवल सिटी सेन्टरको भवनमा सेवा प्रारम्भ गर्दै शुभ यात्राले ‘वान स्टप, वान स्टोर’ अभियानमार्फत ग्राहकलाई सहज र एकीकृत सेवा दिने जनाएको छ ।

विभिन्न देशको वातावरण, मौसम र भूगोलअनुसार आवश्यक सामग्री छनोट गर्न सकिने सुविधासहितको नयाँ शाखाको उद्घाटन बुटवलका प्रख्यात उद्योगी तथा व्यवसायी महेन्द्र नारायण श्रेष्ठले शुक्रबार साँझ गरे ।

उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले बुटवलमा नयाँ अवधारणासहितको सपिङ सेन्टर सुरु हुनु सकारात्मक रहेको उल्लेख गरे । उनले विदेश जाने व्यक्तिहरूका लागि आवश्यक सबै सामग्री एउटै छानामुनि उपलब्ध गरिने भएकाले यसले सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

शुभ यात्राका सञ्चालक भुवन गिरीले पहिलो शाखा दुई वर्षअघि काठमाडौंको पुतलीसडकमा सञ्चालनमा आएको जानकारी दिए । सफलतापूर्वक सेवा सञ्चालन गरेपछि मोफसलमा विस्तार गर्दै बुटवलमा पनि सेवा सुरु गरिएको उनले बताए ।

शुभ यात्राका डाइरेक्टर रमेश पाण्डेले विदेश जाने सेवाग्राहीलाई लक्षित गुणस्तरीय सामग्री तथा आवश्यक परामर्शसहित सेवा प्रदान गरिने बताए । अर्का सञ्चालक दर्शन खनालले विद्यार्थी र यात्रुहरूलाई केवल कपडा बेच्ने उद्देश्य नभई ‘सारथी’को भूमिकामा रहँदै समग्र सहजीकरण गर्ने लक्ष्य रहेको बताउँदै सेवाको प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ११ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको