२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

लुम्बिनी प्रदेश स्तरीय बुद्धिचालमा एभरेष्ट स्कूल प्रथम



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेष्ट इङ्गलिस बोर्डिङ्ग स्कूल, बुटवल प्रथम भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज लुम्बिनीमा भएको विद्यालय तथा कलेज स्तरीय प्रतियोगितामा एभरेष्ट स्कूलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् ।

प्रतियोगितामा काशी नोबेल एकेडेमि भैरहवाका रिशान थापा मगर द्धितीय र शान्ति नमूना माध्यमिक विद्यालय मणिग्रामका सुशान्त अर्याल तृतीय भएका छन् भने काशी नोबेल एकेडेमिका रोनिश केसी चौथो भएका छन् ।

प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा.माणिकरत्न शाक्यले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले समालोचनात्मक र विश्लेषणात्मक क्षमता वृद्धि हुने भएकाले विद्यार्थीका लागि बुद्धिचाल खेल आवश्यक भएको बताए ।

प्रतियोगिताका विजेताहरुलाई आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक सञ्जय शाक्यले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ३५ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : २१ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र