२२ असार २०८३, सोमबार | July 6, 2026

जेनजी प्रदर्शनका क्रममा भागेका कैदीसँग चोरीको मोटरसाइकल किन्ने व्यक्ति पक्राउ



काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित आज एक जना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा ४० प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताए । मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए ।

खाती गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए । केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाएको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ०१ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत